बुढानीलकण्ठ नगरपालिका- २ देखि ललितपूर-लामाटारसम्म माघ १ गतेबाट सार्वजनिक यातायात सञ्चालनमा
कपन अनलाइन
काठमाडौँ,माघ ३।बुढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित निर्माण हुँदै बसपार्कबाट नयाँ रुटको सार्वजनिक यातायात सञ्चालन गरिएको छ।
माघ १ गते बुढानीलकण्ठ नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्का, वडाका सदस्यहरु राजेन्द्र श्रेष्ठ तथा महिला सदस्य ज्ञानु कार्की थापाद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं. २ मा निर्माणको क्रममा रहेको बसपार्कबाट हामी सबैको यातायात प्रा.लि. द्वारा भंगाल, सामुदायिक मार्गबाट, चपली घुम्ति हुँदै नारायाणगोपाल चोकबाट जमल, जावलाखेल, ललितपूर, लामाटारसम्मको बस सञ्चालनमा आएको हो।
माघ १ गते देखि सञ्चालन हुने गरि उद्घाटन गरिएको उक्त सार्वजनिक यातायात सेवाको शुरुवातका लागि दिलकुमार लिम्बुको महत्वपुर्ण भुमिका रहेको वडाका अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छन्।
माघ १ गते गरिएको उद्घाटन कार्यक्रममा वडा तथा अन्य स्थानका विभिन्न व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।
फोटो सौजन्य : बिएसजी