सेवानिवृत जीवन नेपालमा बिताउने फिलिपिनी राजकुमारी मारियाको इच्छा
कपन अनलाइन
काठमाडौँ ,पौष २८ ।
फिलिपिनी राजकुमारी मारिया लीयोनारो टोरेसले आफ्नो निवृत जीवन नेपालमा बिताउने योजना रहेको बताएकी छन ।
टोरेसको सामाजिक संस्था वि केयर फर ह्युमानिटि र जाम्लिंग बुद्ध फाउन्डेसन विच नेपालमा विविध क्षेत्रमा सामाज सेवाका लागि हस्ताक्षर कार्यक्रममा बोल्दै राजकुमारी मारियाले नेपालको प्राकृतिक सुन्दरता र नेपालीको व्यवहारले आफुलाई निकै आकर्षित गरेको बताउदै त्यसले यहाँ केहि गर्न प्रेरित गरेको बताएकी थिइन् ।
नेपालीको जस्तो सुकै दुखमा पनि८ खुसि रहन सक्ने बानीले आफुलाई निकै आकर्षित गरेको बताउदै राजकुमारी मारियाले एक पटक नेपाल भ्रमण नगर्ने व्यक्तिले धेरै कुरा गुमाउने धारणा राखेकी थिइन् ।
आफ्नो संस्थाले विस्वका धेरै देशमा विविध समाजसेवाको काम गरेको र अवका दिनमा नेपालमा शिक्षा ,स्वास्थ्य र अन्य क्षेत्रमा कामगर्ने जानकारी दिएकी छन ।