बनफुल (कविता)

बनफुल (कविता)

कपन अनलाइन

काठमाडौं ,पौष २६/ समर अंकित

समरका तोपहरुबाट निस्कने
थरथराहट आवाजदेखि डराउदै
महाबिकराल अबस्थाबाट बच्दै
कोमलतामाथी अझ हार्दिक भर्दै
समयले सिकाउदै गएका
निर्दोषी भाषा सिक्दै
धेरै आशा फिजारेर
फक्रिदैं गरेको फूललाइ
अनेकौ भरोसाहरु दिलाएर
नालायक रुप धारण गर्दैं
आहा ! गर्दै कलिलैमा निमोठिन्छ
अनायसै विलक्षण भागमा स्पर्श गरिन्छ
उडाइन्छ जीवन जिउनुको हर्ष उमंगहरु
स्खलन नहुन्जेल यौनी र आँखाबाट तरलता
रङ्ग अनिदो भएर किनारिकृत नभएसम्म
पूरा नहुन्जेल अतृप्त प्यालाहरु
छि नहुदा सम्म लुटिन्छ
अनुहारको सौन्दर्य
बिचार र अभिलाषाको सौन्दर्य
आँखा र दृष्टिकोणको सौन्दर्य
मीठो आवाजको सौन्दर्य
र फालिन्छ सदा सदाको लागि कुनै कुनामा
कहिल्यै काम नलाग्ने बनाएर
र लाग्छ प्रेम र बलात्कारिको भाषा पर्यावाची भाषा
लम्बाई नाप्ने फित्ताको आफ्नै लम्बाई हुन्छ
वजन जोख्ने तुलोको तौल
उचाइमा पुग्ने मान्छेको उचाइ
विभिन्न किसिमले बग्ने तरलको तरलता
सौर्न्दर्य भित्रको सौन्दर्यता
र माधुर्य भित्रका माधुर्यता
यी सबको आ–आफ्नै विशेषता भैकन
तिरस्कारको प्रहार सहेर
सौन्दर्य लुटिएको
माली बिनाको बनफुल म ।

तपाइँको प्रतिक्रिया ।