बुढानिलकण्ठ नगरपालिका – ६ ले नृत्यकला प्रशिक्षण कक्षा संचालन गर्ने

बुढानिलकण्ठ नगरपालिका – ६ ले नृत्यकला प्रशिक्षण कक्षा संचालन गर्ने

कपन अनलाइन

काठमाडौँ,पुस २२।  बुढानिलकण्ठ नगरपालिका वडा नं-६ को कार्यलयले सार्वजनिक सूचना जारि गरको छ  । वडा अध्यक्ष  नवीन केसीद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस वडा नं ६ को समितिको निर्णय अनुसार वडामा भएको बालबालिकाहरुको  प्रतिभा उजागर गर्ने उद्देश्यले नृत्यकला प्रशिक्षण कक्षा संचालन गर्ने जनाएको छ।

वडाभित्र स्थाई बसोबास  भएका  ७ बर्ष देखि १५ बर्ष उमेर समुहका इच्छुक बालबालिकाहरुको नाम यथाशीघ्र  वडा कार्यालयमा वा जनप्रतिनिधिलाई सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र उपलब्ध गराउनु हुन् सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।