गजल !

गजल !

कपन अनलाइन

काठमाडौं,पुस १८/बिनोद विवश

राष्टभक्त छोरो निस्वार्थ वफादार हुनुपर्छ !
देशले रगत मागे बगाउनु तयार हुनुपर्छ !

कोही आएर शिर छेदन गर्न खोज्छन् भने,
ज्वालामुखी बनि फुट्नलाई सवार हुनुपर्छ !

देश र जनताको निम्ति जिउज्यान अर्पिने,
मातृभूमि प्रतिसच्चा एक वफादार हुनुपर्छ !

रातरात गाएब हुदै जान्छ जंङ्गे पिल्लरहरु,
उखाल्नै नसक्ने गहकिला भार हुनुपर्छ !

जाईलाग्न जादै नजाने, आई लाग्ने विरुद्ध,
साच्चै सुरबिर साहसी खुकुरी धार हुनुपर्छ !

(ईटहरी, सुनसरी)

तपाइँको प्रतिक्रिया ।