स्वतन्त्र मान्छे !
कपन अनलाइन
काठमाडौं,पुस १८/दुर्गा रिमाल
मान्छे स्वतन्त्र मान्छे हो
दानामा किन बिक्दछ ?
पराधिन भई बाँच्न
घोडाले पनि पाउँछ
स्वतन्त्र मूल भै आत्मा
पराधिन भगाउँछ
आफ्नो विवेक जन्मेर
आत्म सम्मान जम्दछ
बगीदेऊ नदी जस्तै
अविरल अनन्त भै
पराधिन उही भाग्छ
विश्वासको सुपात्र भै
निरन्तर गरौं काम
श्रद्दासुमन पाउन
मला पहिरिँदा हात्ती
थाल्छ वृक्ष फडाउन
तपाइँको प्रतिक्रिया ।