श्री लोकतान्त्रिक मिनिट्रक ब्यबसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औ बार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौं पौष १७। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको श्री लोकतान्त्रिक मिनिट्रक ब्यबसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ। पौष १५ गते मंगलबार बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल स्थित कपन भिलेज रिसोर्ट सम्पन्न भएको उक्त साधारण सभामा प्रमुख अतिथिको रुपमा नेपाल निर्माण ब्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष बिष्णु भाइ श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा नेफ्स्कुनका सञ्चालक न्हुच्छेनारायण श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका सहकारी संयोजक लक्ष्मण चौलागाई,बिभिन्न सहकारी संस्थाका प्रतिनिधि, संचालक समितिका सदस्यहरु लगायत साधारण सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता श्री लोकतान्त्रिक मिनिट्रक ब्यबसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिशाल श्रेष्ठले गरेका थिए ।कार्यक्रममा यो बर्ष तिन लाख तिस हजार तिन सय चउन्न रुपैया चौबिस पैसा खुद नाफा आर्जन गरेको सहकारीले यसै आर्थिक बर्ष भित्र आफ्नो चुक्ता शेयर पुजी ४७,५७,८०० बाट बढाएर एक करोड पुर्याउने लक्ष्य राखेको जानकारी गराइएको थियो। त्यसै गरि चालु आर्थिक बर्ष भित्र बिभिन्न शिर्षकको बचतमा पनि बृद्दि गरि रु दस करोड पुर्याउने सहकारीले लक्ष्य लिएको जानकारी गराइएको थियो ।सहकारीले यो बर्ष आफ्ना शेयर सदस्यहरुलाई १२ प्रतिसत लाभांस दिने पनि साधारण सभामा जानकारी गराइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल निर्माण ब्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष बिष्णु भाइ श्रेष्ठले आयोजकलाइ धन्यबाद दिएका थिए ।उनले संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै सहकारीमा जम्मा भएको सदस्यहरुको रकमलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने कुरामा जोड दिएका थिए ।
सभाध्यक्षको आसन बाट बोल्दै लोकतान्त्रिक मिनिट्रक ब्यबसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिशाल श्रेष्ठले सस्थाको गरिमालाई उच्च बनाउन सहकार्य र सदभावका साथ लागि परेकोमा बचतकर्ता, सेयरधनी , ऋणदाताहरु , कर्मचारीहरु र १० औं साधारण सभामा उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।
फोटो : सरोज बस्नेत