नेपाल डेरी एसोसिएशनको २१ औं वार्षिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौँ,पुस १३। नेपाल डेरी एसोसिएशनको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राधाकृष्ण सापकोटाको सभापतित्वमा तथा प्रदेश नं. ५ को मूख्य मन्त्री शंकर प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा २०७६ पौष १२ गते रुपन्देहीको बुटवल, कालिकानगर स्थित महाराजा रेसोर्ट प्र.लिको सभागृहमा सो साधारणसभा सम्पन्न भएको हो।
प्रमुख अतिथि मूख्य मन्त्री पोखरेलले पानसमा बत्ति बालेर उद्घाटन गरिएको उक्त कार्यक्रममा सम्पुर्ण उद्यमी, र अन्य उपस्थितिहरुको साथमा शिद्धार्थ इन्सुरेन्स, एन.एम.बि.बैंक र आई.एम.ई. मोटर्स गाडि सम्बन्धि जानकारी सहितको प्रस्तुति पनि गरिएको थियो।
उक्त कार्यक्रममा बुटवल उप महानगरपालिकाकामेयर श्री शिव सुवेदी, प्रदेश नं. ५, दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारी, भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका डेरी विज्ञ लालकुमार के.सि, अतिथिहरुमा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महाशाखा प्रमूख डा.तुलसी भण्डारी, भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका डा. प्रदिप पौडेल, जिल्ला खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमूख विमल दाहाल, CDCAN का केन्द्रिय सदस्य हरि काफ्ले, उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष खेम बहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, नेपाली काँग्रेस बुटवलका सभापति खेलराज पाण्डे, मानव अधिकार समाजका गोविन्द खनाल, नेकपा बुटवलका अध्यक्ष बाबुराम पन्थी, महाराजा रेसोर्टका अध्यक्ष तारा प्र. भण्डारी, लगायतका पूर्व मेची देखी पश्चिम महाकाली सम्मका डेरी उद्योगीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा संस्थाका प्रदेश नं. ५ का संयोजक कृष्ण भट्टराईले स्वागत मन्तव्य एवं संस्थाका प्रथम उपाध्यक्ष राजन चिमरियाले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा डेरी क्षेत्रमा योगदान पु¥याउनु हुने संघिय प्रतिनिधि सभा सदस्य मोहन बानिया तथा यस संस्थाका सल्लहाहकार एवं सदस्य दोलखा डेरी उद्योगका संचालक सहित लामो समय देखि डेरी क्षेत्र मै आफ्नो जिवन विताउनु भएका लालकुमार के.सिज्यूलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट प्रदेश संयोजक मध्ये प्रदेश नं. १ का हेमराज खनालले सम्मान प्राप्त गरेका थिए । ४ प्रकारका डेरी उद्योग सम्मान मध्ये ठुलाबाट जय श्री कृष्ण डेरी उद्योग, पाँचखाल, मझौला डेरीबाट महालक्ष्मी डेरी उद्योग। कपिलवस्तु, सानाबाट श्री साझा डेरी उद्योग, झापा र घरेलु तर्फबाट बन्दना डेरी उद्योग गौरीगंगा, धनगढीलाई सम्मान गरिएको थियो ।