छैटौं तारेभिर महोत्सवको तयारी शुरु
कपन अनलाइन
काठमाडौँ,पुस ६। काठमाडौं उपत्यकाको उत्तरी शिर शिवपुरी पर्वत श्रृङखलाको महत्वपुर्ण स्थन तारेभिरमा हरेक वर्ष माघ १ गते हुने तारेभिर महोत्सवको तयारी शुरु भएको छ।
स्थानीय उत्पादन , कला संस्कृती र पर्यटनको प्रवर्द्धन गर्ने उदेश्यले आयोजना हुँदै आएको सो महोत्सवमा स्थानीय महिला समुह , संघ संस्था तथा स्थानीय वासीहरुको सहभागीता रहने छ। यातायात र अन्य पुर्वाधारको कमिका कारण निकै कष्ट भोग्दै आएका सो क्षेत्रका वासिन्दाहरु महोत्सवका कारण ब्यापार र पर्यटक आवागमनमा वृद्धि गर्न महोत्सवले ठुलो भुमिका निर्वाह गरेको बताउँछन।
तत्कालीन प्रतिनिधि सभा सदस्य तथा वर्तमान प्रदेश सभा सदस्य रामेश्वर फुयालको पहलमा शुरु भएको महोत्सव छैटौं श्रृङखला सम्म आइपुगेको छ।
पहिलो महोत्सव शुरु गर्दा सो स्थानमा पक्की सडक निर्माण गरि यातायातको ब्यवस्थापन गर्ने बताएका फुयालको पहल र वर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण राइको सक्रियतामा सो क्षेत्रमा सडक कालोपत्रे भैरहेको छ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले भुइ स्याउको पकेट क्षेत्र बनाउने घोषणा गरेको तारेभिर तामाङ संस्कृतिको केन्द्र पनि हो ।
काठमाडौं उपत्यकाको अन्य पर्वत श्रृङखला भन्दा विकासमा पछि परेको उत्तरी भेग तारेभिरमा आयोजना हुने महोत्सवमा यस पटक फोटो सिविर , साहित्य सिविर लगायतका रचनात्मक कार्यक्रम गरिने आयोजकले जानकारी दिएको छ।