लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लबहरुले संयुक्त रुपमा डिजी फेलोशिप तथा बनभोज कार्यक्रम आयोजना गर्ने
कपन अनलाइन
काठमाडौं पौष ३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब हरुले संयुक्त रुपमा डिजी फेलोशिप तथा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ। बिभिन्न लायन्स क्लबका सदस्यहरु बीच सामुहिक भाईचारा मित्रता र एकता विकासका लागि पौष १२ गते अर्थात् डिसेम्बर २९ तारिखका दिन शंखरापुर नगरपालिका साँखु स्थित सलम्बुटारमा वनभोज कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एबम जोनचियर पर्सन लायन अच्युत बिष्टले कपन अनलाइनलाइ बताए।
उनले देश भरि छरिएर रहेका डिस्ट्रिक्ट ३२५ ए१का लायन्स सदस्यहरु बीच भेटघाट, मेलमिलाप , समन्वयात्मक एबम सकारात्मक भावनाको उजागर गर्न र आपसी भेटघाटलाइ फलदायी बनाउन उक्त कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको समेत उनले बताए ।कार्यक्रममा खानपान ,मनोरंजन मात्र नभएर लायन्स क्लबले गर्दै आएको सामाजिक र मानवीय सेवा कार्यलाई अझ परिस्कृत र उन्नत कसरी बनाउन सकिन्छ भन्ने बिषयमा पनि लायन्स लिडरहरु बीच अनौपचारिक छलफल गरिने कार्यक्रम सह संयोजक जोन चियरपर्सन माधब कार्कीले बताए ।
भेटघाट खानपान ,सांगेतिक मनोरंजन समसामयिक बिषयमा अनौपचारिक छलफल गरिनुको साथै सो कार्यक्रममा धेरै भन्दा धेरै सहभागी हुने कल्बका सदस्यहरु र धेरै भन्दा धेरै आफ्नो जोन बाट सहभागी गराउने जोन र क्लब प्रेसिडेन्टलाइ डिस्ट्रिक्ट गभर्नरको हात वाट सम्मान गर्ने कार्यक्रम पनि समाबेश गरिएको डिस्ट्रिक चियरपर्सन लायन राजन श्रेष्ठले बताए । उनले सो कार्यक्रम बाट लायन्स सदस्यहरु बिचमा एकताको अनुपम उदाहरण कायमै राखी आपसी भाइचारा सम्बन्धको सौहार्दतापुर्ण बिनिमयलाई अझै उच्च राख्नमा बनभोज कार्यक्रमले ठूलो टेवा पुर्याउने बताउदै सो कार्यक्रममा सहभागी हुनको लागि आग्रह गरेका छन ।
उनले उक्त कार्यक्रममा सहभागी हुनको लागि प्रवेश शुल्क १५ सय कायम गरोएको बताउदै जसमा खानपान र यातायातको व्यवस्था समाबेश गरिएको बताए । उनले सो कार्यक्रमको बारेमा थप जानकारीको लागि जोन चियर पर्सन लायन अच्युत बिष्ट ९८५१७२७१८, जोन चियर पर्सन लायन माधब कार्की ९८४१४०५१५८, जोन चियर पर्सन लायन राजेश कुमार श्रेष्ठ ९८५१०५४२२८, जोन चियर पर्सन लायन राकेश महर्जन ९८५११७५७२५, जोन चियर पर्सन लायन राजाराम सापकोटा ९८४९५०७०९३, जोन चियर पर्सन लायन पेमछिरी शेर्पा ९८५१०६९००२ डिस्ट्रिक चियरपर्सन लायन राजन श्रेष्ठ ९८५१७७७८३ र डिस्ट्रिक्टचियरपर्सन लायन रमेश श्रेष्ठ ९८५१०९७१७९ मा सम्पर्क गर्न सकिने छ ।