गोकर्णेश्वर ३ जगडोलमा चामुण्डा सांस्कृतिक मञ्चको उद्घाटन तथा वाद्यवादनका सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,मंगसिर २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ जगडोलमा शनिबार चामुण्डा सांस्कृतिक मञ्चको उद्घाटन तथा सास्कृतिक वाद्यवादनका सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ३को वडास्तरीय बजेटबाट एक कार्यक्रमका विच उक्त सामग्री वडा अध्यक्ष राजेन्द्र भण्डारीले हस्तान्तरण गरेका हुन्। कृष्ण मन्दिर नजिक बनेको सो भवनमा भजन कृतन गर्नुको साथै युवाहरुलाई संगीतमा प्रोत्साहन गर्नको लागि करिब ७० हजार बरावरको आवश्यक वाद्यवादन तवला, मादल, हार्मोनियम लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सुगम वेलफेयर सोसाइटीका अध्यक्ष श्यामराज गौतमले आयोजक र सहयोगी गोकर्णेश्वर नगरपालिकालाइ धन्यवाद दिदै कार्यक्रमकको उदेश्य माथि प्रकाश पारेका थिए। उनले जगडोलमा धेरै प्रतिभा रहे पनि सो प्रतिभा उजागर गर्न नसकेको बताएका थिए। उनले बिभिन्न कार्यक्रम आयोजना गर्दा समेत बाहिर बाट सामग्री र मानिस ल्याएर गर्नु पर्ने बाध्यता रहेको भन्दै सो बाध्यतालाइ अन्त्य गर्दै जगडोल भित्र रहेको स्थानीय प्रतिभालाइ उजागर गर्नको लागि पनि बाद्यवादन सामग्रीले सहयोग गर्ने बताए। उनले वाद्यवादन सामग्री बजाउन इच्छुकहरुलाई शिप पनि सिकाउनको लागि तयार रहेको भन्दै त्यसमा पनि सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए।
उक्त कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र भण्डारीले नेपालमा भएको प्राचिन संस्कृतिको लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दे नेपालको संस्कृति र पहिचान दिने, वाद्यवादन सामग्रीहरु लगाएतको संरक्षण गर्दै नेपालको संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सबैमा आग्रह गरेका थिए । उनले हस्तान्तरण गरिएको सामग्रीको उचित संरक्षण गर्दै सदुपयोग गर्नको लागि अनुरोध समेत गरेका थिए।उनले आगामी दिनमा वडा बाट गर्न सकिने सबै प्रकारको सहयोगमा सहकार्य र हातेमालो गर्दै अघि बढ्ने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।कार्यक्रममा स्थानीय अनिल थापा, राजेश श्रेष्ठ, दिपेश बुढाथोकी लगायतले गीत गाएर मनोरंजन प्रदान गरेका थिए । कार्यक्रममा वडा सदस्य लक्ष्मी भण्डारी लगायत स्थानीयको सहभागिता रहेको थियो ।