हाइकु !
कपनअनलाइन
काठमाडौं, मंसिर २७/बासुदेव ठकुरी
१
कालापानीमा
गिद्धे आँखा गाडियो
नाता टाढियो ।
२
सुस्ता सुस्तायो
जङ्गे खम्बा हरायो
लिपु अस्तायो ।
३
गिद्धे छ दृष्टि
ठुङ्छ तीखो चुच्चोले
पापी छिमेकी ।
४
सँधै हेपियो
ढुङ्गा बीचतरूल
झनै चेपियो ।
५
साँढे जुधाई
हेर्नेलाई रमिता
बाच्छामिचाई ।
६
देशवन्धकी
राष्ट्रघाती संझौता
कोशी गण्डकी ।
७
सन्धि सम्झौता
इमानको व्यापार
घाटा अपार ।
८
राष्ट्रघातीको
तान्यो भने लहरा
खस्छ पहरा ।
९
देशभासियो
कुर्सी रैछ लिसोको
नेता टाँसियो ।
१०
रोयो शालिक
भ्रष्टाचारी देशका
बने मालिक ।
११
भूगोल रेखा
इतिहास मेट्दैछ
चिम्लेर आँखा ।
१२
सुवास छर्दै
गुलाफको फूलमा
बारुदगन्ध ।
१३
लोकतन्त्रमा
लुकामारी खेल्दैछ
आगोको ज्वाला ।
१४
पानी रंगियो
साना साना माछाको
रक्त घोलियो ।
१५
पानीधमिलो
षड्यन्त्रको जाल
माछाको काल ।
१६
वसन्तखोज्दा
शिशिर पो आएछ
परीक्षालिन ।
१७
शिशिर ऋतु
देख्छ नाङ्गा वृक्षले
बाँच्ने सपना ।
१८
औँसीको रात
पोखिएछ अँध्यारो
शून्यआकाश ।
१९
अनिदो रात
छर्लङ्गै उज्यालो भो
तारा गनेर ।
२०
गोधूलि साँझ
चकमन्नउज्यालो
चुलियो शंका ।
(शिवपुरी गाउँपालिका –३, नुवाकोट )