रिलायन्स इन्टरनेसनल एकेडेमि बुनपा -१०की जेहेन्दार र सृजनसिल छात्रा स्मृति गौतम

रिलायन्स इन्टरनेसनल एकेडेमि बुनपा -१०की  जेहेन्दार र सृजनसिल छात्रा स्मृति गौतम

कपन अनलाइन

काठमाडौं, मंसिर २५। बुढानिलकण्ठ नगरपालिका वडा- १० मा रहेको  रिलायन्स इन्टरनेसनल एकेडेमि बिद्यालयको  कक्षा १० मा अध्यनरत स्मृति गौतम जेहेन्दार र सृजनसिल छात्रा हुन्।

पिता केदारनाथ गौतम र माता कान्छी गौतमकी सुपुत्रीको रुपमा उनको जन्म रामेछाप सुनापति –१ मा बि.स. २०६० साल कार्तिक १४ गते भएको हो।

उनले आफ्नो मिहिनेत र लगनशीलताले गर्दा नै रियो स्कुल अफ नेपाल एक्स्टेम्परमा प्रथम स्थान,वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान, युवा क्लबले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पाचौं स्थान, वडा तथा नगरपालिकाले आयोजना गरेको विभिन्न प्रतियोगीतामा सान्त्वना पुरस्कार  तथा विभिन्न सम्मान ग्रहण गरेकी छन्।

घर परिवार , शिक्षक, शिक्षिका, र साथिभाई प्रेणाका स्रोत हुन् भनी बताउने उनि अध्यापनलाई विशेष जोड दिइ बाल मानोबैज्ञानिक (साइकोलोजिस्ट) बन्नेर देशको सेवा गर्ने तथा भलिवल र बास्केटबल खेलेर देशमा उल्लखेनीय योगदान पुर्याउने योजना रहेको बताउछिन र यसको लागि घर, परिवार र शिक्षक, शिक्षिकाको साथ सहयोग भइरहेको र पछि सम्म पनि सहयोगको अपेक्षा रहेको उनि बताउछिन ।

बिद्यालयका सहायक प्रध्यानध्यपक दामोदर निरौलाले अध्ययन अध्यायपनका साथ साथै आफ्ना प्रतिभा प्रस्फुटन गर्न , मेहनत र लगनशीलताका साथ काम गरेर सफलताको शिखरमा पुग्न आग्रह गर्दै , कठिन परिस्थितिमा पनि समस्याको समाधान गर्न र सामाजिक तथा शैक्षिक क्षेत्रको विकासका लागि गौतमलाई शुभकामना व्यक्त  गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।