लैंगिक हिँसाविरुद्धको १६ दिने अभियान अन्तर्गत शंखरापुर नगरपालिकामा प्रभातफेरी सम्पन्न
कपन अनलाइन
काठमाडौं, मंसिर २५। शंखरापुर नगरपालिकाले लैंगिक हिँसाविरुद्धको १६ दिने अभियान अन्तर्गत समानताको पुस्ता : बलात्कार विरुद्धको एक्यबद्धता कार्यक्रम आयोजना गरेको छ ।
शंखरापुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको अगुवाईमा नगरपालिका प्राङ्गणबाट प्रभातफेरी शुरु गरि साँखु बजार परिक्रमा गरि पुन नगरपालिका पुगि सभामा परिणत भएको थियो ।
उक्त सभालाई सम्बोधन गर्दै शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले महिलाहरुले पहिलाको तुलनामा अहिले स्वतन्त्रता पाएको बताउदै पहिला राजनीतिमा महिला ल्याउनु पर्यो भने छोरी चेलीलाई फकाइ फकाइ ल्याउनु पर्ने अवस्था थियो भने अहिले राजनितीमा पनि महिला सहभागिता बृद्धि भैरहेको बताए । उनले आफु माथि भएको बिभेदको खुलेरै कुरा राख्नु पर्ने बताउदै महिला र पुरुष बराबर हुन भन्ने मान्यताका साथ अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा उपमेयर शुक्र लक्ष्मी श्रेष्ठले परम्परागत सोच त्यागि समाजमा हुने अन्याय अत्याचार विरुद्ध आवाज उठाउनु पर्ने बताउदै बलत्कार जस्ता जघन्य अपराध विरुद्ध सबैले एक्यबद्धता जनाउनु पर्ने बताइन् ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद सिम्खदा, शिक्षा शाखा प्रमुख बोधराज निरौला, महानगरिय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोबिन्द पन्थी र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख निरजला अधिकारीले महिला हिँसाबारे चर्चा गरेका थिए।