बुढानीलकण्ठ नगरपालिका र चिनको चाङचियाजि नगरबिच भगिनि सम्बन्ध कायम

बुढानीलकण्ठ नगरपालिका र चिनको चाङचियाजि नगरबिच भगिनि सम्बन्ध कायम

कपन अनलाइन

काठमाडौं, मंसिर २४। बुढानीलकण्ठ नगरपालिका र चिनको चाङचियाजि नगरबिच भगिनि सम्बन्ध कायम भएको छ।

Silk Urban Alliance (रेशमी मार्ग अन्तर्गतका शहरहरु) को सम्मेलनमा नगर प्रमुख उद्धव खरेल र चाङचियाजि नगरको तर्फबाट लिउ क्व आनले भगिनि सम्बन्ध (Sister City ) कायम गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। भगिनि सम्बन्ध कायम गर्दा नगर प्रमुख उद्धब प्रसाद खरेलले नगरपालिकाको तर्फबाट चिनो स्वरुप सम्पदाहरुको पुस्तक, बुद्धको मुर्ति, ‘नेपाल चिन सम्बन्धका आयाम’ पुस्तक र नेपालको झण्डा लगायत सामाग्रि प्रदान  गरेका थिए।

यस सम्झौताले बुढानीलकण्ठ नगरपालिकाले शहरहरुका बिचमा अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न ढोका खोलेको छ। यस अघि पनिबुढानीलकण्ठ नगरपालिकाले जापानको नगरसँग भगिनि सम्बन्ध राख्न प्रयास गरेको भए पनि हस्ताक्षर हुन सकेको थिएन। नेपाल चाइना एकेडेमीको सहजिकरणमा भएको भगिनि सम्बन्ध कायम गर्ने कार्यक्रममा यस पटक भने हस्ताक्षर नै भएको छ।

चिनको हुनान प्रान्तमा भईरहेको कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर प्रमुख खरेल मात्र सहभागी भएका छन्।  छिमेकी राष्ट्रको नगर संग गरेको भगिनी सम्बन्धले पर्यटन बर्ष २०२० मा बुढानिलकण्ठ नगरपालिकामा चिनिया पर्यटकको आगमन हुन सक्ने सम्भावना रहेको छ। साथै बिकास निर्माण लगायत अन्य बिषयमा पनि दुई नगर प्रमुखहरु बिच छलफल भएको जानकारी प्राप्त भएको छ ।

नगर प्रमुख मंसिर २६ गते नेपाल फर्किने कार्यक्रम रहेको छ।

 

तपाइँको प्रतिक्रिया ।