गोकर्णेश्वर ४ द्वारा सामुदायिक बिद्यालयमा अध्ययनरत दलित बिद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप स्वीटर वितरण

गोकर्णेश्वर ४ द्वारा सामुदायिक बिद्यालयमा अध्ययनरत दलित बिद्यार्थीहरुलाई न्यानो कपडा स्वरुप स्वीटर वितरण

कपन अनलाइन

काठमाडौं मंगसिर २३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ले सामुदायिक बिद्यालयमा अध्ययनरत दलित  बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा स्वरुप स्वीटर वितरण गरेको छ। मंगसिर २२ गते आइतबार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि उक्त कपडा वितरण गरिएको हो।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को दलित  बालबालिका लक्षित  कार्यक्रम अन्तर्गत   सो वडामा रहेको दुइ वटा सामुदायिक बिद्यालय श्री सहयोगी माध्यमिक बिद्यालय र गोकर्ण माध्यमिक बिध्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका करिब ११२ जना दलित बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा  बिद्यालय पोशाक स्वीटर वितरण गरिएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी गराए ।

उक्त कार्यक्रममा वडा सदस्य जयराम महत, वडा सदस्य बालकृष्ण श्रेष्ठ , दलित महिला वडा सदस्य बिष्णु सुनाम,वडा सदस्य उमा थापा  वडा सचिब नवराज सेन वडाका कर्मचारी लगायत बिद्यालयका शिक्षक प्रतिनिधि सहित बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

जाडो याममा चिसोले गर्दा बालबालिकाहरुको उपस्थिती विद्यालयमा कम हुने हुँदा यस कार्यले विद्यार्थी सहभागीता बढाउन सहयोग गर्नेमा आफु आशाबादी रहेको  वडा सदस्य जयराम महतले बताए। सामुदायिक विद्यालय दलित बिद्यार्थी लक्षित कार्यक्रमले पठनपाठनमा सकारात्मक प्रभाव पार्ने वडा सदस्य बालकृष्ण श्रेष्ठले बताए। न्यानो स्विटर पाएपछि विद्यार्थीहरु  खुसी देखिन्थे।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।