गोकर्णेश्वर – ३ का अबैध बालुवा खानी ,प्लानिंग र ठुला उपकरण प्रयोग रोक्न निर्देशन

गोकर्णेश्वर – ३ का अबैध बालुवा खानी ,प्लानिंग र ठुला उपकरण प्रयोग रोक्न निर्देशन

कपन अनलाइन

काठमाडौं ,मंसिर २२।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवाका विभिन्न स्थानमा अबैध रुपमा जग्गा प्लटिंग,बालुवा खानी  र ठुला उपकरण प्रयोग गर्नेलाई कारवाही गर्न वडा कार्यालयले सरोकारवाला निकायलाई अनुरोध गरेको छ।

वडा कार्यालयले पटक पटक त्यस्तो कार्य नगर्न अनुरोध गर्दा समेत बेवास्था गर्दै सामुदायिक बन तथा अन्य सार्वजनिक जग्गालाई समेत असर पार्ने गरि गैर कानुनी रुपमा विभिन्न बालुवा खानी र जाग्गा प्लानिंग हुदै आएको सो स्थानका स्थानीयहरुले पटक पटक सो रोक्न अनुरोध गर्दै आएका थिए ।

सो स्थानमा संचालन हुदै आएका ति खानी र अन्य कार्यले उक्त स्थानको पर्यावरणलाइ समेत गम्भीर असर  पार्दै आएको थियो भने माथिल्लो भेगमा रहेको बस्ती समेत पहिरोको जोखिममा परेको थियो ।

तपाइँको प्रतिक्रिया ।