नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि टोखा र बुढानिलकण्ठमा विभिन्न कार्यक्रम हुने
कपनअनलाइन
काठमाडौं, मंसिर २० । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुढानिलकण्ठ र टोखा नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्नका लागि विचार गोष्ठी सम्पन्न भएको छ।
काठमाडौं क्षेत्र -५ प्रदेश ख का प्रदेश सभा सदस्य दिपक निरौलाको संयोजनमा भएको सो विचार गोष्ठीमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल , टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी , बुढानिलकण्ठर टोखाका उप प्रमुख क्रमश रमा राई र ज्ञानमाया डङोल , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कुमार कोइराला , दुबै नगरका विभिन्न वडाका अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , पर्यटन ब्यवसायीका साथमा नेपाल भ्रमण वर्ष २०२० का प्रदेश -३ संयोजक अनिल लामाको उपस्थिति रहेको थियो ।
उक्त गोष्ठीमा यी नगरपालिकामा पर्यटन विकासका लागि गर्नुपर्ने कार्यक्रम , संचालन गर्नुपर्ने अभियान र अन्य गतिविधिहरुका वारेमा छलफल गरिएको थियो । उक्त विचार गोष्ठीले यी नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि संयोजन समिती गठन गर्ने तथा सन २०२० जनवरी १ तारिकका दिन सम्पदा यात्रा दौड गर्ने निर्णय गरिएको थियो । त्यस्तै उक्त गोष्ठीमा प्रदेश सभा सदस्य दिपक निरौलाले बुढानिलकण्ठ र टोखा नगरपालिकाका प्रत्येक वडा कार्यालयमा सम्पदा र भ्रमण योग्य स्थानको सचित्र विवरण राख्न आग्रह गर्दै चाडैं साइकलिङ प्रतियोगिता पनि आयोजना गर्ने जानकारी दिएका थिए ।