म एउटा जीर्ण पाप्रा !

म एउटा जीर्ण पाप्रा !

कपन अनलाइन

काठमाडौं ,मंसिर २०/–कणाद महर्षि/कविता

नाङ्गैले नपुगेर भोकभोकै डुल्ने
म एउटा दुर्दशा !
रद्दी, असभ्य मान्छे
म एउटा थोत्रो कसिङ्गर !
शहरको शोभा, र सौन्दर्यमा
चहर्याइरहेको
म एउटा पोल्ने घाउ,
थाङ्ने, माग्ने
पेटी पेटीमा भ्याङ्गै लड्ने
म एउटा जीर्ण पाप्रा !
तिमी छाला पलाउने मलम भए
एकचोटी त्यसमा काँचुली फेरिदेऊ !
र्याल वान्ता बोक्ने
म एउटा घीन !
गल्ली, गल्छेडोभरि हुस्स गन्हाउने
म एउटा मात्तिएको भट्टी !
तिमी सक्छौ भने लगाइदेऊ
त्यसमा बज्र पट्टी !

तपाइँको प्रतिक्रिया ।