सिरहाको धनगढीमाई नगरपालिका अगाडी शंकास्पद बस्तु फेला
कपनअनलाइन
सिरहा,मंसिर १३। सिरहाको धनगढीमाई नगरपालिका अगाडी शंकास्पद बस्तु फेला परेको छ । नगरपालिकाको मुल गेटमा कुकर बम जस्तो देखिने बस्तु फेला परेको हो ।
बमजस्तै वस्तु देखिएकाले डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
उपनिर्वाचन प्रभावित पार्ने उद्देश्यले सो बस्तु राखिएको अनुमान गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका १२ को वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।
तपाइँको प्रतिक्रिया ।