चन्द्रागिरि नगरपालिका -१ को घुम्ती शिविर कार्यक्रम संचालन सम्बन्धी सूचना

चन्द्रागिरि नगरपालिका -१ को घुम्ती शिविर कार्यक्रम संचालन सम्बन्धी सूचना

कपनअनलाइन

काठमाडौं, मंसिर १०। चन्द्रागिरि नगरपालिका वडा नं -१ को कार्यालयले सार्वजनिक सूचना जारि गरेको छ।वडा अध्यक्ष राजेन्द्र के.सीद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस नगरपालिका बलम्बुको च.न ७९ को मिति २०७६/०७/२८ को पत्रानुसार मिति २०७६ मंसिर १३ गते शुक्रबार बिहान १०:०० बजे देखि ४: ०० बजे सम्म चन्द्रागिरी नगरपालिका – १  दहचोक वडा कार्यालयमा अपांगता परिचय र जेष्ठ नागरिक परिचय पत्र वितरण गर्नका लागि घुम्ती शिविर कार्यक्रम संचालन गर्न लागिएको हुँदा समबन्धित सबैलाई उपस्थितिको लागि यसै सूचना मार्फत अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।