बुढानिलकण्ठ नगरपालिका वडा-१ सिमली गाउमा एक ब्यक्तिको लास भेटियो
कपन अनलाइन
काठमाडौं , मंसिर ५।
बुढानिलकण्ठ नगरपालिका वडा-१ सिमली गाउं नजिकै रहेको सामुदायिक वन भित्र मंसिर ५ गतेका दिन (भेटिएको नागरितामा उल्लेख भए अनुसार ) काठमाडौँ महानगरपालिका १३ बस्ने बर्ष ३८ को धिरेन दर्सनघारी नाम गरेका व्यक्ति झुण्डियर मृत अवस्थामा फेला परेको छ । नजिकैका गाउँलेले उक्त लास देखेपछी नजिकैको प्रहरी प्रभाग बूढानिलकण्ठलाई जानकारी गराएको थियो । घटनाको प्रकृति हेर्दा आत्म हत्या नै गरेको हुनु पर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृतकका साथ् बाट परिचय खुल्ने नागरिता र बा ४२ प ४३८० नम्बरको होन्डा डीओ स्कूटर फेला परेको र निजको आफन्त सम्पर्कमा नभएको हुँदा महाराजगंज वृत , नयाँ बानेशोर , बौद्ध , कालिमाटी , दर्बार मार्ग एवं अन्य प्रहरी वृत र प्रभागमा जानकारी पठाएको प्र . नि भुपेन्द्र गिरिले बताएका छन् । के कारणले आत्म हत्या भयो वा हत्या भयो यसको आधिकारिक जानकारी पोस्ट मार्टम पछि आउने जानकारी दिएको छ