जब पिक र सावेल बोकेर पर्खाल भत्काउन अगाडि सरे काठमाडौं – ७ का अध्यक्ष सुद्द कुमार डङोल

जब पिक र सावेल बोकेर पर्खाल भत्काउन अगाडि सरे काठमाडौं – ७ का अध्यक्ष सुद्द कुमार डङोल

कपनअनलाइन

काठमाडौं,मंसिर ६। काठमाडौं महानगरपालिका वडा -७ का अध्यक्ष सुद्द कुमार डङोलले वडाका सार्वजनिक जग्गा संरक्षण अभियानलाई आक्रमक बनाएका छन ।

वडाका सार्वजनिक जग्गा मिचेर निजि प्रयोजनमा उपयोग गर्ने स्थानीयहरुको जग्गा अध्यक्ष डङोल आफै उपस्थित भएर वडा मातहत ल्याइरहेका छन। यसै क्रममा वडाको मैजुबहालमा रहेको ऐतिहासिक ढुङेधाराको जग्गा संरक्षण गर्न अध्यक्ष डङोल आफै सावेल र पिक बोकेर पर्खाल भत्काउन अगाडि सरेका हुन।

२०४० शालमा निर्माण गरिएको सो ढुङेधारा स्थानीयको अतिक्रमण गरेर सो स्थानको पानी निजि रूपमा प्रयोग गरिरहेका थिए। केहि समय पहिला वडाको गङगाहिटिमा रहेको ठुलो क्षेत्रफल रहेको जग्गा संरक्षण गरेको वडाले जग्गाहरुको पुर्ण विवरण तयार पारेको थियो।

फोटो : के.पी ढुंगानाको फेसबुक वालबाट

तपाइँको प्रतिक्रिया ।