नया बन्ने मन्त्रीमण्डलमा सांसद यज्ञराज सुनुवार समेटिने चर्चा

नया बन्ने मन्त्रीमण्डलमा सांसद यज्ञराज सुनुवार समेटिने चर्चा

कपन अनलाइन

काठमाडौं ,मंसिर ३।

ओखलढुंगा जिल्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार  बन्ने मन्त्रिमण्डलमा सदस्य बन्ने चर्चा अहिले चलिरहेको छ।

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री केपी ओलीलाई मन्त्रि परिसद परिवर्तनको शैदान्तिक सहमति प्रदान गरे संगै भावी मन्त्री हरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ । अहिले विभिन्न संचार माध्यम र अन्य चर्चामा सांसद सुनुवारको नाम अग्रपंक्तिमा देखिएको छ ।

ओखलढुंगा जिल्लामा विकासवादी नेताको छवी बनाएका सुनुवार २०७० र २०७४ शालको निर्वाचनमा निर्वाचित भएका नेता हुन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य रहेका सुनुवारले नेपाली कांग्रेसको गढ भनेर चिनिने ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा र प्रदेस सभाका सबै स्थानमा नेकपाका उम्मेदवार विजयी गराए संगै रास्ट्रिय स्तरमा चर्चा बटुलेका थिए ।

काठमाडौंका दुइ महत्वपूर्ण क्याम्पस रत्नराज्य लक्ष्मी र महेन्द्र रत्नमा स्ववियु सभापति बनेर नेपालको विद्यार्थी आन्दोलनमा आफ्नो बेग्लै पहिचान बनएका सुनुवार हाल ओखलढुंगा जिल्ला इन्चार्ज समेत रहेका छन ।

तपाइँको प्रतिक्रिया ।