प्रधानमन्त्रीका ६ सल्लाहकार पदमुक्त, परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई यथावत्

प्रधानमन्त्रीका ६ सल्लाहकार पदमुक्त,  परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई  यथावत्

कपनअनलाइन

काठमाडौं,कार्तिक २९। प्रधानमन्त्री केपी शर्मा ओलीका ६ जना सल्लाहकार पदमुक्त भएका छन् भने  परराष्ट्र सल्लाहकारमा  डा. राजन भट्टराई यथावत रहने छन् ।

पदमुक्त हुनेमा प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार, बाराका नेकपा नेता अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा  घनश्याम भट्टराई, फोटो पत्रकार कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयमा अन्य ७ जना भने यथावत् रहने भएका छन् । त्यसमध्ये केहीले राजीनामा नदिएको र केहीले राजीनामा दिए पनि प्रधानमन्त्रीले पदमै बहाल राखेका हुन् ।

यथावत् रहनेमा प्रमुख सल्लाहकार बिष्णु  रिमाल, परराष्ट्र सल्लाहकार डा. भट्टराई, स्वकीय सचिव ईन्द्र भण्डारी, प्रधानमन्त्रीको निकट रहेर कार्य सम्पादन गर्दै आएका राजेश बज्राचार्य, रामशरण बजगाईं, दिपेन दाहाललगायत छन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले सबैलाई सामूहिक राजीनामा गर्न निर्देश गरेको भए पनि रिमाल र भट्टराईले राजीनामा दिएका थिएनन् । रिमाल र भट्टराईको विकल्प तत्काल नदेखिएकाले संस्थापन समूहले दुईजनालाई यथावत् राख्न लबिङसमेत गरेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।