लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी र दर्पणको निशुल्क मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनी र दर्पणको निशुल्क मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं,कार्तिक २९। विश्व मधुमेह दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।अहिले विश्वभर ३५ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन् । नेपालमा भने करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ उत्तरबाहिनी र लायन्स क्लब अफ काठमाडौं दर्पणको संयुक्त आयोजनामा मधुमेह सम्बन्धि जनचेतनामूलक कार्यक्रमको साथै  निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नारायणटार स्थित खगेन्द्र नवजीवन केन्द्रको प्रांगणमा अभिको फार्मेसी नारायणटारको प्राबिधिक सहयोगमा बिहान ८ बजे देखि ११ बजे सम्म मधुमेह रोग सम्बन्धि जनचेतना जगाउनुको साथै मधुमेहको परिक्षण गरिएको थियो । कार्यक्रममा जी एम टि एरिया लिडर लायन खगेन्द्र सिटौला पुर्व लायन्स डिस्ट्रिक गभर्नर लायन लिला ढुंगेल, पूर्व लायन डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, लायन महेश आचार्य जोन चियर पर्सन लायन अच्युत बिष्ट लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनीका प्रेसिडेन्ट लायन गंगा लाल श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी (राजन) लायन राकेश चक्रधर लगायत लायन्स लिडरहरुको  उपस्थिति रहेको थियो।

कार्यक्रममा २१९जनाले मधुमेह परिक्षण गरेका थिए। जसमा २० जनामा मधुमेह रोग लागेको भेटिएको थियो ।मधुमेह परिक्षणमा  धेरै भन्दा धेरै अपाङ्गता भएका ब्यक्तिहरुको उल्लेखनीय सहभागितामा रहेको थियो ।कार्यक्रममा ल्याब टेक्निसियन सुनिता थापा र रन्जिता चौधरीले मधुमेहको बारेमा परामर्श दिनुको साथै मधुमेह परिक्षणमा सहयोगी भूमिका खेलेका थिए ।

लायन्स क्लब अफ काठमाडौं दर्पणका प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी (राजन)ले विश्व मधुमेह दिवसको अवसर मा मधुमेह रोगको बारेमा चेतना दिनको साथै निशुल्क  मधुमेह परिक्षण गर्नको लागि उक्त कार्यक्रम आयोजना गरेको बताए  उनले आधुनिक जिवनशैलीका कारण विश्वमा मधुमेहका बिरामी बढदो क्रममा छन । यसै कुरालाई मनन गरी १४ नोभेम्बरका दिन विभिन्न सचेतना गरि विश्व मधुमेह दिवस मनाउने गरिन्छ जसको उद्देश्य मधुमेह लाग्न नदिन अपनाउनु पर्ने जिवनशैली तथा मधुमेह लागी सकेपछि गर्नु पर्ने सावधानी प्रति आम मानिसमा सचेतना गर्नु रहेको बताए  ।उनले सक्षम ब्यक्तिहरुत अस्पताल क्लिनिक सम्म गएर रोग परिक्षण गर्न सक्दछन तर अस्पताल सम्म पुग्ने पहुँच नभएकाहरुलाई  लक्षित गरि उक्त कार्यक्रम आयोजना गरेको बताए ।  उनले थप्दै भने  हामी सबै मधुमेह को जोखिममा छौं तर स्वस्थ जिवनशैली अनि सोच ले हामी मधुमेह वाट बच्न सक्दछौं ।

लायन्सको पाँच विधा मध्य मधुमेह पनि एक रहेको र मधुमेहबाट ग्रसितहरूको समस्या बढ्दो गएको कुरालाई मध्यनजर गर्दै  उक्त कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं उत्तर बाहिनीका प्रेसिडेन्ट लायन गंगालाल श्रेष्ठले बताए।  उनले बिगत लामो समय देखि लायन्स क्लबले शिक्षा स्वास्थ्य बालबालिका बृद्द बृद्दा लगायत बिभिन्न सामाजिक क्षेत्रहरुमा  कार्य गर्दै आएको र समय समयमा रक्तदान निशुल्क स्वास्थ्य शिबिर जस्ता कार्यक्रम गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप विश्व मधुमेह दिवसको अवसर पारेर निशुल्क मधुमेह परिक्षण गरिएको बताए ।उनले सो कार्यमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए।

जोन चियर पर्सन लायन अच्युत बिष्टका अनुसार  हरेक घरमा कम्तिमा पनि १ जनालाई नर्सर्ने यो रोग देखा पर्दे आईरहको छ, तर समस्या कहांनिर छ भने यो रोगको समस्या देखिए पछि मात्र परिक्षण गर्ने आउने परिपाटिले गर्दा यो रोग कति जनामा छ भन्न नसकिने बताए ।, उनका अनुसार बिशेष गरी ३५ बर्ष उमेर पुगी सकेकाहरुमा यो रोग देखा पर्दछ, तर यसको मतलब ३५ बर्ष भन्दा मुनिकालाई नहुने भन्ने चाहि होईन ।
बिष्टका अनुसार मलाई मधुमेह छ या छैन भन्नका लागी सके महिनामा १ पटक न भए ३–३ महिनामा अनिवार्य जचाउनु पर्ने बताए । जसले गर्दा यो रोग लागेकाहरुले पनि पूर्ण रुपमा निर्मूल पार्न नसके पनि यो रोगले ग्रस्त  नबनाउने जानकारी गराए ।  उनले  स्वास्थ्य सम्बन्धी यस्ता कार्यक्रमले आफ्नो स्वास्थ्यप्रति सचेत रहन सहयोग पुर्याउने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।