चन्द्रागिरी नगरपालिका -१ को भ्रमणका निम्ति नाम दर्ता गराउने सम्बन्धि सूचना
कपनअनलाइन
काठमाडौं,कार्तिक २८।चन्द्रागिरी नगरपालिका वडा नं – १ ले सार्वजनिक सूचना जारी गररेको छ। वडा अध्यक्ष राजेन्द्र के.सीद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत नगरपालिका वडा नं १ का जेष्ठ नागरिकहरुको लागि चन्द्रागिरी भालेश्वर महादेव दर्शन अवोलाकन भ्रमण गराउन मिति २०७६ मंगसिर ४ गते बुधबार बिहान १०:०० बजे लैजान लागिएको हुँदा मिति २०७६/ मंगसिर २ गतेसम्म नागरिकता फोटोकपी सहित वडा कार्यालयमा नाम दर्ता गराउन हुनको लागि सम्बन्धित सबैमा(जेष्ठ नागरिक/ जेष्ठ नागरिकका संरक्षक) यसै सूचना मार्फत जानकारी गराएको छ।
मिति: २०७६ मंगसिर ४ गते बुधबार
समय: बिहान १०:०० बजे
स्थान:श्रीजनाचोकबाट चन्द्रागिरी स्टेसनमा प्रस्थान
तपाइँको प्रतिक्रिया ।