मदन भण्डारी मेमोरियल एसियन एमच्योर चेसमा कृष्णको एकल अग्रता
कपनअनलाइन
काठमाडौं,कार्तिक २८। मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा नेपालका सिएम कृष्ण थापाको एकल अग्रता कायम रहेको छ । छैठौ चरणको समाप्ती देखि अग्रता कायम राखेका कृष्णले सातौ चरणमा सजिन मर्हजनलाई हराए । यसैगरी उनले आठौ चरणमा भारतका सुमित ग्रोभरसंग बराबरी गरे । कृष्णको सात अंक हुदा दोश्रो स्थानमा रहेका सुमितको ६.५ अंक छ । सुमितले सातौ चरणमा सुसील चौधरीलाई हराएका हुन् ।
यी दुईलाई पछ्याएका नेपालका पुरुषोत्तम चौलागाई र भारतका आर्नभ कुशहवाको ६ अंक छ । आठौ चरणमा यी दुइको बराबरी भएको हो । यस अघि सातौ चरणमा आर्नभले रिजेन्द्र राजभण्डारी तथा पुरुषोत्तमले प्रकास नेपालसंग बराबरी गरेका थिए । बुधबार साझकै रिजेन्द्र राजभण्डारी र भारतकी सन्ध्या जी विचको खेलको परिणामले खेलको समिकरणलाई धेरै प्रभाव पर्ने छ । सातौ चरणको समाप्तीमा रिजेन्द्रको ५ अंक छ ।
१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबार सम्म चल्ने छ ।
प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुने छ ।