अरबियन सूक–काठमाडौं मरिएट होटलद्वारा विशिष्ट मिडल इस्ट डाइनिंग अनुभव
कपनअनलाइन
काठमाडौं,कार्तिक २६। नेपालको राजधानीमा अवस्थीत काठमाडौं मरिएट होटलले एक हप्तासम्म “अरबियन सूक” आयोजना गरिरहेको छ। जहाँ मानिसहरुले सबै अरबियन भोजनको अनुभव लिन सक्नेछन् ।
मिडल इस्टको मुखबाट पानी रसाउने खानादेखि लिएर लोभ्याउने हुक्काको स्वादहरुको साथमा होटलले प्रसिद्ध बेली डान्सरको उत्साहजनक प्रस्तुती पनि पेश गरिरहेको छ । यो इभेन्ट अतिथि शेफ मिना अयूब र काठमाडौं मेरिएट होटलको कार्यकारी शेफ सञ्जीव रञ्जनको सृजना हो जसले अतिथिहरुलाई मिडल इस्टका विभिन्न शहरहरुको अनुभव प्रदान गर्ने पर्फेक्ट मेन्यू पेश गरिरहेका छन् । अतिथिहरुले लाइभ किचनको अनुभव गर्नुका साथै शेफहरुसँग कुराकानी गर्ने अवसर पाउनेछन् ।
यो इभेन्ट नोभेम्बर १६ तारिकसम्म काठमाडौं मेरिएट होटलको ठमेल किचनमा ६ः३० बजेदेखि राति १०ः३० बजेसम्म अतिथिहरुका लागि खुल्ला रहेको छ । अतिथिहरुलाई पहिले नै रिजर्भेसन गर्न अनुरोध गरिन्छ ।