आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

कपनअनलाइन

सोलुखुम्बु,कार्तिक २४। आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सेताङ गाउँपालिका-५ बस्ने ४२ वर्षीय शिव नेपाली हुन् । उनले आफ्नै ४० वर्षीया श्रीमती भगवती नेपालीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले शिवलाई पक्राउ गरेको हो ।

घाइते भगवतीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।