बुढानिलकण्ठ स्कुलको जग्गा नगरपालिकाले उपयोग गर्न पाउनु पर्छ : प्रमुख उद्धव खरेल
कपनअनलाइन
बुढानिलकण्ठ,कार्तिक १९। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले बुढानिलकण्ठ स्कुलमा रहेको जमिन उपयोग गर्न नपाएकोमा आक्रोश व्यक्त गरेका छन । प्रदेश सभा सदस्य दिपक निरौलाको संयोजनमा आयोजित मुल सडक सर सफाइ सम्बन्धी छलफलमा खरेलले सो कुरा बताएका हुन। बुढानिलकण्ठ स्कुलमा रहेको केही रोपनी जग्गालाई बस पार्क सहित केही पुर्वाधार निर्माण गर्ने योजना अगाडि सारेका खरेलको प्रयास बिधयालयका पुर्व विधार्थी हरुले अदालतमा मुद्दा दायर गरे पश्चात् रोकिएको थियो।
सोहि कार्यक्रममा उनले नगरपालिकालाई स्वच्छ र सफा गर्नु नगरवासीहरुको साझा काम रहेको र यसको लागि ठोस योजना बनाएर काम गर्ने उनले बताए।काम बजेटमा बाताबरण स्वच्छ राख्न मानिसहरुले देख्ने गरी काम गर्ने योजना रहेको बताए र यसको लागि नगरवासी, स्कुल, विभिन्न संस्था लगायत सबैले सहयोग गर्नु पर्ने उनले बताए । यदी समाजमा रहेका आम-नागरिकहरुमा आफ्नो कर्तव्यको बोध भएमा समस्या समाधान गर्न सजिलो हुने उनले बताए ।
संसारमा अन्य मूलुकहरुमा जतिपनि विकास भएका छन् ति सबै आम नागरिकहरुको सहयोग र साथले भएका हुन् उनले बताए । एक्लैले प्रयास गरेर केहि पनि नहुने यसको साथको लागि आम- नागरिकहरुको सहयोगको आबश्यक पर्ने र यस्ता कार्यक्रममा सहयोग र साथ दिन आग्रह गरेका थिए।
आम नागरिकहरुलाई साक्षरता बनाउने, उनीहरुमा कर्तव्य बोध गराउने, आचार संहिताको बारेमा जनचेतना जगाउने बताएका थिए।
तपाइँको प्रतिक्रिया ।