नेकपाले प्रदेश प्रमुखका लागि सिफारिस गर्यो ७ जनाको नाम
कपनअनलाइन
काठमाडौं,कार्तिक १८ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।
उनीहरूका लागि प्रदेश भने सरकारले नै तोक्ने बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेपछि सातवटै प्रदेशमा सो पद रिक्त थियो ।
प्रदेशका नयाँ प्रमुखका लागि सिफारिसमा परेका नामहरु :
१. अमिक शेरचन
२. सोमनाथ प्यासी
३. तिलक परियार
४. विष्णु प्रसाईं
५. धर्मनाथ यादव
६. शर्मिला त्रिपाठी
७. गोविन्द कलौनी
तपाइँको प्रतिक्रिया ।