नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेस ख को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,कार्तिक ९।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेस ख को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं १० ह्यान्डबल खेल मैदानमा भएको सो कार्यक्रमकको प्रमुख अतिथि नेपाली कांग्रेसका बरिस्ट नेता रामचन्द्र पौडेल रहेका थिए भने काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन थापा र नेपाली कांग्रेसका नेता धनराज गुरुङ विशेष अतिथि रहेका थिए ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ का सचिव एबम प्रदेस ख का सभापति बिनोद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारी , प्रदेस सभा सदस्य न्युछे नारायण श्रेष्ठ ,राधा घले ,बरिस्ट पत्रकार पुरुषोत्तम दाहाल सहित विभिन्न इकाईका सभापति तथा नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
विभिन्न कलाकार हरुले सांगीतिक प्रस्तुति दिएको उक्त कार्यक्रममा वासुकु क्लव बुढानिलकण्ठ -२ ले धिमे बाजा सहितको प्रस्तुति दिएको थियो भने कार्यक्रमका सहभागी विच विभिन्न विषयको चर्चा चलेको थियो ।
कार्यक्रमका सहभागीहरु विच काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गगन थापा निकट क्षेत्रीय सचिव चालिसेको यो कार्यक्रम क्षेत्रीय सभापति राजु श्रेष्ठले नारायण चौरमा आयोजना गरेको कार्यक्रमको काउन्टर रहेको चर्चा पनि चलेको थियो । काठमाडौं क्षेत्र नं ४ मा पर्ने बुढानिलकण्ठ नगरपालिकाका ८ वटै वडामा स्थानीय निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेस काठमाडौं -४ प्रदेस ख ले अहिले आक्रामक रुपमा संगठन विस्तार तथा निर्माण गर्दै आएको छ ।
साविक कपन गाउँसमितिको सभापति समेत रहेका चालिसे क्षेत्रीय सचिवमा निर्वाचित बनेका थिए । अहिले प्रदेस ख को सभापतिमा चालिसेको आगमन क्षेत्रीय सभापति श्रेष्ठलाई सन्तुलनमा राख्न र कपन क्षेत्रमा कमजोर बनेको संगठन उठाउन सांसद थापा द्वारा चालिएको कदम रहेको चर्चा चल्ने गरेको छ ।