केपी ओलीद्वारा प्रधानमन्त्रीको दावी पेस

केपी ओलीद्वारा प्रधानमन्त्रीको दावी पेस

कपन अनलाइन 

काठमाडौ,फागुन ३

वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन् । उनीहरूले राष्ट्रपतिसँग बिहान ९ बजे भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी पेस गरेका हुन् ।

वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए ।

 

ओली यसअघि ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए

तपाइँको प्रतिक्रिया ।