लिखु बचत तथा ऋण सहकारी संस्थाले पाँचौ साधारणसभा सम्पन्न
कपन अनलाइनकपन १ मा रहेको लिखु बचत तथा ऋण सहकारी संस्थाले नियमिति पाँचौ साधारणसभा सम्पन्न गरेको छ । नयाँ बानेश्वरको एक होटेलमा सम्पन्न साधारणसभामा संस्थाका ८६ सेयरहोल्डरको सहभागिता थियो । साधारणसभाले कपनमा बचत तथा ऋणका क्षेत्रमा प्रभावकारी र जनमूखी कार्यक्रम ल्याउने निर्णय गरेको लेखा कमिटि संयोजक नरेश पौडेलले कपन अनलाइनलाई बताए । बचत तथा ऋण सहकारी भए पनि विविधि सामाजिक कृयाकलापमा पनि कृयाशिल लिखु सहकारीको यस साधारण सभाले पनि सामाजिक कृयाकलापमा अझै संलग्नता बढाउने निर्णय गरेको छ । लेखा कमिटि संयोजक पौडेलका अनुसार लिखु सहकारीले यस अघि हेल्थ क्याम्प, डेन्टल क्याम्पलगायतका विविधि सामाजिक गतिविधि गरिसकेको छ । यस सहकारी संस्थालाई श्यामप्रसाद पौडेलले नेतृत्व गरिरहेका छन् ।
तपाइँको प्रतिक्रिया ।