धारामा पानी नआएको १६ दिन भयो,सम्बन्धित पक्षको ध्यान जाओस (पाठक चौतारी )
कपन अनलाइन
काठमाडौ, माघ २९ ।
जलस्रोतको धनी मुलुक नेपालमा खानेपानीको देशैभरि हाहाकार छ । वर्षायाममा त पर्याप्त पानी नपाइने अवस्था रहेका बेला सुख्खायाम सुरु भएपछि जनताको घरको धारामा पानी आउनु भनेको आठौं आश्चर्यको रुपमा रहने गरेको छ।
मेलम्चीको पानी आउला भनेर सपनाको आशा बुनेर बसेका छन् धारामा पानी नआएको १६ दिन भैसक्यो ।
यो कथा अन्तको होइन काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ८ प्रकृतिनगरको हो ।त्यहा सुन्दरीजलको पानी धारामा नआको आज १६ दिन भयो बाहिर पसल बाट किनेर खानु पर्छ।दिनहुँ जनघनत्व बढिरहेको अवस्थामा खानेपानी संस्थान भने ग्राहकको कुरालाई गहिरिएर सुन्नुको साटो जहिलेपनि सानो तिनो समस्यामा अल्झिइरहेको देखिन्छ। धारामा पानी नदिने तर महसुल विल भने हरेक महिना बुझाउनु पर्ने बाध्यता कहिले सम्म? यो समस्या चांडो भन्दा चांडो सम्बन्धित निकाय मार्फत समाधान होस् ।
अनुरोध गर्ने
राजेश कुमार बिष्ट
गोकर्णेश्वर