स्पेनिस लिग लालिगामा बार्सिलोना पुन बराबरीमा

स्पेनिस लिग लालिगामा बार्सिलोना पुन बराबरीमा

कपन अनलाइन 

एजेन्सी, २९ माघ । आइतबार राति भएको स्पेनिस लिग लालिगामा बार्सिलोना पुन बराबरीमा सिमित भएको छ ।गेटाफेले बार्सिलोनालाई गोलरहित बराबरी रोक्न सफल भएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा गेटाफे बार्सालाई कडा चुनौती दिएको थियो । यसअघि इस्पोनियोलसँग एकएक गोलको बराबरी खेल खेलेको बार्सिलोना यस खेलमा भने गोल गर्न सकेन ।

बराबरी खेल खेले पनि बार्सिलोनाले आफ््नो अपराजित यात्रा भने कायम राखेको छ । बार्सिलोनाको २३ खेलमा ५९ अंक रहेको छ ।

तपाइँको प्रतिक्रिया ।