प्रिमियर लिगमा युनाइटेड न्युक्यासलसँग पराजित

प्रिमियर लिगमा युनाइटेड न्युक्यासलसँग पराजित

कपन अनलाइन

एजेन्सी,  माघ २९।  माट रिट्चीको गोलको मद्दतमा न्यूक्यासलले प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई १-० हराएको छ । सेन्ट जेम्स पार्कमा अक्टुबर यता न्युक्यासको यो पहिलो प्रिमियर लिग जित हो ।

विङगर रिटचीले ६५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । सिजनमा यो उनको पहिलो गोल हो । अर्को तिर युनाइटेडका एलेक्सिज सान्चेजको प्रहारलाई विफल पारिएको थियो ।

पहिलो हाफमा जोनिय सेल्भेको प्रहारलाई युनाइटेडका गोलकिपर डेभिड डि जियाले रोकेका थिए । अर्को तिर न्युक्यासलबाट डेब्यू गरेका गोलकिपरम मार्टिन डुब्राभकाले एन्टोनिया मार्सियलको वान भर्सेन वान प्रहारलाई रोकेका थिए । इन्जुरी समयमा पनि गोलको अवसर पाएर पनि युनाइटेडले गर्न सकेन ।

जितपछि न्युक्यासल (२८) १३ औं स्थानमा उक्लेको छ । युनाइटेड (५६) लिगको दोस्रो स्थानमा यथावत रहेपछि शीर्षस्थानको म्यानचेस्टर सिटी भन्दा १६ अंकले पछाडि छ ।

तपाइँको प्रतिक्रिया ।