राहत शिक्षक समिति काठमाडौंले बनभोज कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,माघ २७।
राहत शिक्षक समिति काठमाडौंले बनभोज कार्यक्रम आयोजना गरेको छ ।चन्द्रागिरी नगरपालिका वडा नं ६ त्रिभुवन पार्कमा भएको सो बनभोज कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा रहेका थिए भने विशेष अतिथि शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ रहेका थिए।त्यस्तै सो बनभोज कार्यक्रममा राहत शिक्षक समितिका केन्द्रिय संयोजक खेमराज अधिकारी ,शिक्षक महा संघ का केन्द्रिय उप महासचिव लक्ष्मी किशोर सुवेदी लगायतका आतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सापकोटाले राहत शिक्षकहरुले नेपालको शिक्षा क्षेत्रमा ठुलो योगदान गरेको बताएका थिए ।उनले पेशागत असुरक्षा हुदा हुदै पनि राहत शिक्षकले आफ्नो क्षेमता ले भ्याए सम्म काम गरेको बताएका थिए ।
औपचारिक कार्यक्रमको अद्यक्षता राहत शिक्षक संघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष डम्बर राईले गरेका थिए। राईले कार्यक्रममा काठमाडौं जिल्लामा करिव ८०० राहत शिक्षक रहेको र सो बनभोजमा करिव ३०० शिक्षक उपस्थित भएको बताए ।उनले राहत शिक्षकको पेशागत सुरक्षा र हक हितका लागि संगठन मजबुत चाहिने भएकोले सो कार्यक्रम आयोजना गरेको बताए ।
उक्त बनभोज कार्यक्रममा राहत शिक्षक समिति महानगरका अध्यक्ष शंकरराज न्यौपाने ,राहत शिक्षक समिति शंखरापुरका अध्यक्ष धुर्व दाहाल ,हत शिक्षक समिति गोकर्णेश्वरका अध्यक्ष माधव फुंयालको पनि उपस्थिति रहेको थियो।