गगन थापा सर्वसम्मत

कपन अनलाइनकाठमाडौं क्षेत्र ४ बाट नेपाली कांग्रेसले गगन थापालाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ । क्षेत्र नं. ४ नेपाली कांग्रेसका सविच श्यामकृष्ण संगतले जानकारी दिए अनुसार उम्मेदवारका बारेमा भएको विवादलाई सम्बोधन गर्दै क्षेत्रीय कमिटिले आज गगन थापालाई सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको हो । गगन थापालाई सर्वसम्मत निर्णय गर्नु अघि हिजो र आज लगातार लामो समय क्षेत्र नं. ४ को बैठक बसेको थियो ।

 

यस अघि क्षेत्र नं. ४ को कमिटिले गलत प्रकृयाले निर्णय गरेको भनेर आपत्ति आएपछि क्षेत्र नं. ४ को उम्मेदवार बारे विविध टिकाटिप्पणी भएको थियो । आज बिहान बसेको बैठकले गगन थापालाई सर्वसम्मत सिफारिस गर्दै चिरन्जिविनिधि तिवारी, न्हुच्छेनारायण श्रेष्ठ, कमला राई शर्मालाई बैकल्पिक व्यक्तिको रुपमा प्रत्यक्षतर्फ सिफारिसमा परेका छन् ।

 

त्यसैगरी समानुपातिकतर्फ नौँ जनालाई सिफारिस गर्ने क्रममा सुप्रभा घिमिरे, राजु श्रेष्ठ, कर्माछेरिङ शेर्पा, आत्माराम पौडेल र अनारदेवी बस्नेतका साथमा वैकल्पिक सदस्य भनेर गोपाल प्र. सुवेदी, राधा घले, विनोदबाबु प्रधान र लालबहादुर भित्राकाटीलाई सिफारिस गरिएको छ । आफ्नो नाम एक नम्बरमा नआएको भनेर सुप्रभा घिमिरेले आपत्ति जनाएपछि क्षेत्र नं. ४ को उम्मेदवार घोषणा प्रकृया रोकिएको थियो ।

तपाइँको प्रतिक्रिया ।