मृगौला पिडित जलजला परियारलाइ विजय घिमिरे प्रतिष्ठानको सहयोग

मृगौला पिडित जलजला परियारलाइ विजय घिमिरे प्रतिष्ठानको सहयोग

कपन अनलाइन

काठमाडौँ,माघ २७ ।

पहिलो  दलित सगरमाथा आरोही विजय घिमिरे द्वारा सोलुखुम्बुमा सन्चालन गरेको  विजय घिमिरे प्रतिष्ठानले मृगौलापीडित दलित युवतीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठानले दुवै मृगौला फेल भएकी अर्घाखाँचीको ढाकावाङ्ग गाउँपालिका-८ घर भएकी जलजला परियारलाई उपचारका लागि ५३ हजार दुई सय पचास रुपैयाँको सहयोग  रुपैया  हस्तान्तरण गरेको थियो  ।उक्त रकम संकलनमा जिल्ला शाखा समिती सोलुखुम्बु र लौरेश्वोर दलित युवा समाज तिङ्ला सोलुखुम्बु को संयुक्त पहलमा सोलुखुम्बु को सहयोगी मनहरुबाट संकलित रकम हो ।

काठमाडौको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई प्रतिष्ठानका संरक्षक तथा प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे विश्वकर्माले सहयोग रकम प्रदान गरेका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका कान्छा महाधिवेशन प्रतिनिधि एवम् प्रतिष्ठानका सल्लाहकार राजु सुनार लगायतका व्यक्तिका साथै संचारकर्मीको पनि उपस्थिति थियो ।

नेपाली सांगीतिक क्षेत्रमा चर्चित रियालिटी शो नेपाली ताराको तेस्रो संस्करणमा उनी उत्कृष्ठ ६ सम्म पुग्न सफल भएकी थिइन् । संगीतमा रहेको लगावकै कारण हाल उनी शास्त्रीय संगीतलाई नै अध्ययनको विषय बनाएर भारतको कलकत्तास्थित रवीन्द्र भारती विश्वविध्यालयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत  रहेको राजु सुनार ले कपन अनलाइन लाइ बताए  ।

तपाइँको प्रतिक्रिया ।