को हुन् प्रदेस नं ३ एमाले संसदीय दलका नेता डोरमणि पौडेल ?

को हुन् प्रदेस नं ३ एमाले संसदीय दलका नेता डोरमणि पौडेल ?

कपन अनलाइन 

काठमाडौ,माघ २७

नेकपा एमालेको तर्फ बाट प्रदेस नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन। नेकपा एमालेकी उपाध्यक्ष अस्ट लक्ष्मी शाक्य लाई पराजित गर्दै पौडेल संसदीय दलको नेतामा निर्वाचित भएका हुन् जसले उनलाई प्रदेस नं ३ को मुख्य मन्त्रि बन्ने ढोका खोलिदिएको छ।

नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको बि.सं. २०४९  र २०५४ मा निर्वाचित मेयर हुन् ।

राज्य पुर्नसंरचना उच्च स्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तराष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक बिकास समितिको अध्यक्ष समेत हुन् ।

काठमाडौंको तत्कालिन फपिङ्ग गाबिसमा बि.सं. २००२ साल चैत्र १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो ।

बुवा  मायानाथ पौडेल र आमा कुलकुमारी पौडेलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बी.ए.)सम्मको औपचारिक अध्ययन गरेका छन् । बि.सं. २०३० सालदेखि बिद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।

उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गरेका  थिए । लामो समय अर्धभूमिगत भूमिगत बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाँय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए ।

पौडेल स्थानीय तहका विवध पक्षको जानकार मध्येमा पर्दछन जसले स्थानीय निकायका विभिन्न नेतृत्व दायी संघ संस्थामा समेत बसेर काम गरिसकेका छन ।उनले प्रदेस नं ३ को प्रदेस सभा बैठकको जेष्ठ सदस्यको रुपमा   अध्यक्षता समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।