हिमालय सिमापार वाणिज्य संघमा किन होमनाथ तिमल्सिनाको(नवराज ) को उम्मेदवारी ?

 हिमालय सिमापार वाणिज्य संघमा किन होमनाथ तिमल्सिनाको(नवराज ) को उम्मेदवारी ?

कपन अनलाइन 

काठमाडौ,माघ २५।

हिमालय सिमापार वाणिज्य संघको निर्वाचनको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२  होमनाथ तिमल्सिना (नवराज ) संग बद्रि भट्टराईले गरेको कुराकानीमा आधारित रहेर यो सामाग्री प्रस्तुत गरेका छौ ।

सिन्धुपाल्चोक जिल्लामा जन्मिएर बुढानिलकण्ठ नगरपालिकालाई आफ्नो सामाजिक तथा राजनीतिक कार्यथलो बनाएका तिमल्सिना लामो समय देखि हिमालय सिमापार वाणिज्य संघमा क्रियाशील रहेका छन।

यस पटकको हिमालय सिमापार वाणिज्य संघको  निर्वाचनमा किन होमनाथ तिमल्सिनाको(नवराज ) को उम्मेदवारी ? 

चिन संघको व्यपारिक करोवारलाई बलियो बनाउने उद्येश्यका साथ स्थापना भएको यस संघको आगामी माघ २८ गते हुने निर्वाचनमा बच्चु पौडेलको अध्यक्ष प्यानलमा महासचिव पदमा उम्मेदवारी दिएका होमनाथ तिमल्सिना( नवराज) भन्छन, हामी साझा हौ ।

उनि भन्छन हाम्रो धर्म व्यवपारीक धर्म हो । नेपालको समग्र व्यवापारको ग्राफ ओरालो लागेको बेला हामी एकजुट भएर अगाडी बढ्नुपर्ने अवस्था छ । यहाँ कुनै दल, कुनै पार्टीको भनेर व्यवापारी प्रतिष्ठालाई नै आँच पुराउने सम्मको कार्यहरु हुने गरेको छ हामी त्यस्ता विषयहरुलाई कसरी ठिक हो भन्न सक्छौ ।

उनले थपे आफ्नो विचार र आस्था राख्नु स्वभाविक हो तर त्यसो भन्दैमा व्यवापारीक प्रतिष्ठानहरुलाई पनि सोहि अनुरुप लैजान खोज्ने विचारले न संस्थालाई हित गर्दछ न समग्र व्यवपारीक प्रतिष्ठान र व्यवपारीहरुलाई नै । हामी पारदर्शि नेतृत्वको पक्षमा छौ । सामुहिक भावना लिएर कार्य गर्न लागिरहेका छौ ।

हामीलाई हाम्रा हिमालय सिमापार वाणिज्य संघका साधारण सदस्य देखि पदाधिकारी सम्मले विश्वाश गरिरहेका छन, समर्थन बढदै गइरहेको  छ । हाम्रो कार्यकालमा हरेक व्यवपारीले म संग मेरो संगठन छ , मलाई दुख पर्दा सहयोग गर्ने मेरा सहकर्मीहरु छन भन्ने आभास दिलाउनका लागि  उम्मेदवारी  रहेको तिमल्सिनाले बताए ।

यो कार्य हामी कुनै जिम्मेवार पदमा नरहदाँ समेत गरिरहेका छौ तर जिम्मेवार पदले काम गर्न सजिलो हुन्छ भने ध्यये बोकेर  महासचिव पदमा मनोनयन दर्ता गराएको तिमल्सिनाले बताए  ।

तिमल्सिना भन्छन म एक व्यक्तिका रुपमा हैन मलाई महासचिव पदमा मनोनय गर्नका लागि प्रस्ताव हुनुहुने र समर्थक हुनुहुने साथी देखी हरेक व्यवपारी वर्गको प्रतिनिधीत्व गदै उम्मेदावरी दिएको हुनाले निर्वाचनमा सफलता मिल्नेमा ढुक्क छु ।

किनकी मेरो अथवा हाम्रो एजेण्डा न केबल एक पार्टीको हो ,न कुनै स्वार्थ सिद्ध व्यक्तिगत एजेण्डा हो । म लगायत मेरो अध्यक्ष र सबै पदका साथीहरुको एउटै एजेण्डा छ , हामी सबका साझा हौ। हाम्रा  उदेश्य व्यवसायीक सफलता हो ।

फोटो सौजन्य :काठमाडौं खवर

तपाइँको प्रतिक्रिया ।