रंजित खत्रीको नेतृत्वमा कपन बहुमुखी क्याम्पसमा नेबिसंघ इकाई गठन
कपन अनलाइन कपनको पहिलो क्याम्पस कपन बहुमुखी क्याम्पसमा ने.बि. संघले आफ्नो इकाई गठन गरेको छ । रंजित खत्रीको सभापतित्वमा गठन गरिएको इकाई समितिमा ९ सदस्य रहेका छन् । नेपाली कांग्रेस कपन इकाइका उपसभापति टंक सापकोटा, कोषध्यक्ष विक्रम खनाल तथा कपन ने.का. युवा विभागका दिलिप खत्रीको उपस्थितिमा आयोजित कार्यक्रमले ने.बि.संघको तदर्थ कमिटि निर्माण गरेको हो । ने.बि.संघ इकाइको सभापति भएपछि प्रतिक्रिया दिँदै रंजित खत्रीले क्याम्पसमा संगठन निर्माणको साथमा गुणस्तरीय शिक्षाका लागि आवश्यक पहल गर्ने बताए । उनी कपन नेपाली कांग्रेसका प्रभावशाली नेता रामकृष्ण के.सी.का सुपुत्र हुन् ।
तपाइँको प्रतिक्रिया ।