नगरबासीहरुको माग प्रति कागेश्वरी मनोहरा नगरपालिकाको ध्यानाकर्षण
कपन अनलाइन
काठमाडौ ,माघ २४ ।
कागेश्वरी मनोहरा नगरपालिकाले आज एक प्रेस बिज्ञप्ति निकालेको छ। उक्तप्रेस बिज्ञप्तिमा दक्षिणढोका साँखु सडक बिस्तार योजनाबाट पिडित स्थानीय नगरबासीहरुले कागेश्वरी मनोहरा नगरपालिकका नगर प्रमुखलाइ २०७४ माघ २१ गते बुझाएको ज्ञापन पत्रका सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको लेखिएको छ ।
उक्त बिज्ञप्तिमा सम्मानित सर्वोच्च अदालत बाट भएको आदेशको पालना गर्नु राज्यको सबै निकायको दायित्व भएको हुँदा नगरपालिका सो बिषय प्रति गम्भीर भएको जनाइएको छ । उक्त बिज्ञप्तिमा नागरिकको सम्पत्ति संरक्षण गर्ने दायित्व राज्यको भएको र अदालत बाट नागरिकको सम्पत्तिको उचित क्षतिपूर्ति दिनको लागि भएको आदेशको यथाशिघ्र सम्बन्धित निकायले कार्यन्वयन गरि हाल निर्माणको क्रममा रहेको दक्षिणढोका साँखु सडक विस्तार योजना समय मा नै पुरा गर्न सम्बन्धित सबै पक्ष संग सहयोग गर्न नगरपालिकाले आव्हान गरेको छ ।