गागलफेदी क्षेत्रमा रहेर चल्ने गरि नगरपालिकाले एम्बुलेन्स किन्ने निर्णय गरेको छ – कृष्णहरी थापा

गागलफेदी क्षेत्रमा रहेर चल्ने गरि नगरपालिकाले एम्बुलेन्स किन्ने निर्णय गरेको छ  – कृष्णहरी  थापा

कपन अनलाइन

काठमाडौ, माघ २४ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा रहेको श्री बालउद्दार माबीको ५० औ वार्षिकोत्सव तथा स्वर्णजयन्ति  महोत्सब कार्यक्रममा बोल्दै कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरी  थापाले   बिद्यालयले ५० औ वार्षिकोत्सव मनाउन सफल भएकोमा खुसि भएको भन्दै बधाई एबम शुभकामना ब्यक्त गरेका थिए।

उनले राजधानी जस्तो ठाउमा रहेर पनि एकदमै ग्रामिण भेगको रुपमा परिचित रहेको गागलफेदीमा सम्माननीय उप रास्ट्रपतिलाई ल्याउन पाएकोमामा पनि खुसि लागेको बताए ।

उनले  कागेश्वरी  मनोहरा नगरपालिकामा वडा नं १ देखि ९ सम्म सामुदायिक बिद्यालय १६ वटा रहेको र संस्थागत बिद्यालयहरु ३९ वटा रहेको बताउदै दुवै बिद्यालयलाइ एउटै पाटोमा लानुपर्ने बताए ।

उनले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार गर्नुपर्ने र निजी संस्थागत विद्यालयको पनि नेपाली भाषामा कमजोरी देखिएको हुँदा पठनपाठनमा गुणस्तरीय शिक्षा को लागि कागेश्वरी मनोहरा नगरपालिका ले एकदम तदारुकताका साथ् त्यसलाई लागु गर्ने भनेर यस भेगमा रहेका सबै बिद्यालयहरुका प्रिन्सिपलहरु ब्यबस्थापन समितिका अध्यक्षहरुलाई भेला गरेर गोष्ठीहरु गरिरहेको बताए।

उनले स्थानीय तहको सरकारले जिल्ला शिक्षा कार्यालय खारेजी हुँदै रहेको अवस्थामा  नगरपालिकाले सबै बिद्यालयहरुको स्थानीय सरकार बाट रेखदेख हुने भएको हुँदा  आहिले कक्षा ८ को परिक्षा को लागि पनि आवेदन फर्म लिईसकेको र परिक्षा पहिलो पटक नगरपालिकाले सुरुवात गर्न लागेको जानकारी दिए।

उनले नगरपालिकालाई सुहाउदो खालको शिक्षा एनहरु ल्याउदै गरेको बताउदै त्यो नियमावलीमा निजि क्षेत्र र सामुदायिक विद्यालयका सम्पूर्णलाइ भेला गरेर बृहत छलफल गरिसकेको बताए।

उनले सबैको सल्लाह र सुझाबको आधारमा कागेश्वरी मनोहरा नगरपालिका लाइ शिक्षा क्षेत्रमा प्रदेश नं ३ को उत्कृष्ठ नमुना देखाउन सकियोस साथै देशैभरिको नमुना देखाउन सकियोस भनेर नगरपालिका लागेको जानकारी गराए।

उनले  कागेश्वरी नगरपालिकाको गागल फेदी पिछडिएको भन्न नचाहेको यहा धेरै सम्भावना र अवसर रहेको क्षेत्र भएको बताए । उनले त्यो अवसर र सम्भावना लाइ सदुपयोग गर्न सकिने बताए ।

उनले काठमाडौं उपत्यकाकै दृश्य देखिने ठाउ रहेको हुँदा पर्यटन क्षेत्रमा के गर्न सकिन्छ,त्यसमा लाग्नु पर्ने बताए उनले पहिला बाटोको समस्या रहेको केहि हप्ता अघि मात्र वडाको वडा नं १ मा वडा समितिको बैठकमा आफै उपस्थित भएर गागलको पेरिफेरी रहेर चल्ने गरि  तत्कालको लागि स्वास्थ्यमा सुबिधा पुगोस भनेर नगरपालिकाले  एउटा एम्बुलेन्स किन्ने निर्णय गरेको समेत बताएका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।