बुढानिलकण्ठ -२ मूल सडकमा यात्रुबस अलपत्र छाड्दा दुर्घटनाको जोखिम बढ्यो
कपन अनलाइन
काठमाडौ,माघ २३ /बिजेन्द्र पुडासैनी (विएसजी न्युज )
बुढानिलकण्ठ नगरपालिका वडा न २ को वडा कार्यालय भन्दा ५० मिटर पर एउटा यात्रुवाहक बस सडक को छेउमा रहेको लगभग ३/४ दिन भई सकेको छ | सडकमा छेउ समेत नच्यापी राखेको उक्त बस बिग्रिएकोले गर्दा त्यहाँ रहन गएको जानकारी स्थानीयवासीले हामीलाई दिए |
बढ्दै गएको यात्रुको चाप ,चालकको लापरबाही सबारी साधानको प्रतिस्पर्धा ,तिब्र गति दुर्घटनाको प्रमुख कारण रहेको महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरिक्षक् शेर बहादुर चन्द बताउछन् |
चपली को घुम्ती मा रहेको उक्त बस बिग्रिएको भए मर्मत गर्ने स्थानमा लैजान सम्बन्धित पक्ष् संग सहकार्य गर्न कसले कदम चल्नु पर्ने हो ?
यही अव्यवस्थित पार्किंगले गर्दा कुनै दुर्घटना निम्तियो भने त्यो दुर्घटनाको जिम्मेवार को ?
यी यावत प्रश्न भोलि उठ्नु भन्दा आफ्नो दयित्वो भित्र पर्ने जिम्मेवारी आफैले बहन गर्न सके अझै राम्रो हुने देखिन्छ | बुढानिलकण्ठ जस्तो ठाउँमा सबारी बिग्रिएको र बनाउने ठाउँमा लैजान ३/४ दिन लाग्ने हो भने देशको बिकट भागमा यो घटना भयो भने के होला ? सडकमा सबरिसधान बिग्रिएको अवस्थामा आपतकालीन स्थिथि भन्दै छोटो समयको लागी बाटोमा सबारी साधन रहनु नौलो कुरा होइन तर ३/४ दिन सम्म सबरिसधान मुख्य बाटोमा रहनु सम्बन्धित निकायको आँखा नपरेको समेत हुन् सक्छ |
अझै जेब्रा क्रसिंग समेत छेकिने गरि सबारी राख्दा पैदलयात्रुलाई बाटो काट्न असहज हुन्छ भने बाटो काट्दै गरेको पैदलयात्रुलाई सबरिसधानले ठक्कर दिन सक्ने सम्भावना समेत प्रवल रहेको हुदाँ सम्बन्धित निकाएको ध्यान पुगोस |