पिच गरेको १ महिनामै बिग्रिएको बाटोको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्यो ।
कपन अनलाइनकपनकै नमून बाटो बनाउने हल्लाका साथ सुरु भएको बगलामुखी मार्ग पिच भएको १ महिनामै बिग्रिएपछि निर्माण समितिको चारैतिर बिरोध भयो । बिरोधको स्वर खप्न नसकेर बनाइएको छानबिन समितिले आफ्नो प्रतिवेदन कपन अनलाइनमार्फत सार्वजनिक गरेको छ । पिच बिग्रनुको ८ वटा कारणसहित सार्वजनिक गरिएको प्रतिवेदनमा छानबिन समितिका सदस्यहरूको नामसमेत उल्लेख गरिएको छ ।
सार्वजनिक गरिएको प्रतिवेदन यस प्रकार रहेको छः-
आकाशेधारा बंगलामुखी मार्ग निर्माण समितिको मिति २०७०/०५/०८ गते बसेको बैठक ले सगरमाथा चौक देखि अधिकारी मोडसम्म निर्माण भएको बाटो एक महिना नपुग्दै बिग्रिएकाले त्यसको सत्य तथ्य पत्ता लगाउन को लागि पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो त्यही बैठकले दिएको जिम्वेबारिलाई पुरा गर्ने क्रममा भए-गरिएका कार्यहरुलाई तल प्रस्तुत गरेका छौ . पृष्ठभूमि कपन एक सास्कृतिक एवम् पर्यटकीय गाँउ भएतापनि यँहाका भौतिक संरचनाहरु एकदमै जिर्ण अवस्थामा रहेको देखिन्छ । नगरपालिकामा जोडिएको गा.वि.स. भएतापनि यहाँको बिकास निर्माण का कार्यहरु एकदमै न्यून गतिमा भएका छन । त्यही न्यून गतिमा भएका बिकास तथा निर्माण कार्यपनी समयमा नै उचित संरक्षण तथा पुन निर्माण नहुनाले गाडी समेत गुडाउन गाह्रो भएको देखिन्छ । यसको ज्वलन्त उदाहरण को रुपमा आकाशेधारा बंगलामुखी मार्गलाई लिन सकिन्थ्यो मिति २०६४/६५ मा यही मार्गमा एउटा अप्रिय घटना घटेपछि यहाँका उपभोक्ताहरु सचेत भएर यस बाटो निर्माण का लागि अभिप्रेरित भएर निर्माण कार्यले गति लिएको थियो यसै क्रममा आकाशेधरा बंगलामुखी मार्गमा पर्ने उकालो लाई लग भग ८/१० फीट कटिङ गरेर हालको अवस्थामा ल्याइएको थियो त्यही क्रममा बाटो कालो पत्रे गर्नको लागि भनेर हामीले बाटो निर्माण समिति गठन गरी पहिलो चरणमा आकाशेधारा देखि सगरमाथा चौक सम्मको बाटो कालो पत्रे गरेको थियौ । अरु बाँकि आर्थिक अवाभले गर्दा रोकिएको थियो त्यस बाँकि कार्यलाई निरन्तरताका साथ् अगाडी बडाउदै बाटो निर्माण समितिले बिभिन्न बाधा अवरोधका बावजुत पनि निरन्तर बिकास निर्माणका कार्य अगाडी बडाउन आर्थिक संकलन मा लागि परेर मिति २०६९/७० मा जी.वि.स. बाट १००००००/- गा.वि.स.बाट ९,००,०००/- र बाँकि रकम उपभोक्ता बाट संकलन गरी बाटो कालो पत्रे गर्ने काम सम्पन्न भ्येको थियो ।
समस्या मिति २०६९/७० मा सम्पन्न गरिएको कालो पत्रे एक महिना नबित्दै ठाउँ-ठाउँमा चर्किएका छन । यो देखेर आम उपभोक्ताहरुले प्रश्न चिन्न खडा गरिरहेका छन बाटो को कालो पत्रे एती छोटो समयमा नै किन बिग्रियो त् ? छानबिन समितिले गरेको अनुसन्धानबाट निम्म कारण हरुबाट एतिछोटो समयमानै बाटो को कालो पत्रे बिग्रियोको हो भन्ने पुष्टि गरिएको छ . कालो पत्रे गर्दा लाग्ने सम्पूर्ण सामग्री हरुको चेक जांच गराउदा कुनै पनि खराबी नभेटिएको (बिश्व कन्सल्ट प्रा.लि. डिल्ली बजार ) प्रमाणित गरिदिएको छ ।
१. वर्षा याममा बाटो निर्माण गरेको ले गर्दा अलकत्रा राम्रो सित सेट हुन् नपाएको ।
२. कपन राम मन्दिर खानेपानी समितिले पाइप लाइन बिस्तार गर्ने के ढिला गरेकोले ।
३. कालो पत्रे गर्दा छेउको ढल निकास सही रुपले नगरेकोले ।
४. कालो पत्रे गर्दा गर्दै ठुला ठुला निर्माण सामाग्री बोकेका गाडीहरु जबर्जस्ती प्रवेस गरेकाले । अधिकांस कालो पत्रे चर्किएको , कालो पत्रे सेट नै नभएको अवस्थामा उक्त ट्रक फुल लोड्मा प्रवेस गराएकोले ।
५. उकालोमा ढल जाम भएकाले ।
६. बजेट पास र उपभोक्ताहरुले दिनुपर्ने रकम सही समयमा नदिएकाले ।
७. असार मसान्त भित्र काम सम्पन्न नभएमा बर्सौ लगाएर समितिले बजेट जुटाएको पनि सम्झौता रद्ध हुने अवस्था बिध्यमान रहेकोले हर हालतमा कम गर्नु परेको ।
८. यसपालिको मनसुन असामान्य रुपमा अगाडिनै भएकोले । समस्याका उपायहरु प्राबिधिकहरुसंग आवश्यक परामर्स लिएर समिति स्वयमले आवश्यक काम कारबाही अगाडी बडाउन सुझाव गर्दछौ ।
छानबिन समितिका सदस्यहरु :- हस्ताक्षर
१ अच्युत प्र. अधिकारी
२ रघुनाथ अधिकारी
३ उमेश अधिकारी
४ बुद्धिसागर नगरकोटी
५ हरीहर कार्की
यस प्रतिवेदन तयार गर्न सहयोग गर्ने सबिन अधिकारी लाई बिशेष धन्यवाद दिईन्छ .
गाडीको फोटो राख्न नसकिएको तर उक्त फोटो हामीसंग सुरक्छित रहेको छ कपन्तर्मा घर बनाउदै गरेका उपभोक्ता नै हुन् उनि सिमेन्ट को फुल लोड सहित कालोपत्रे गरेको भोलिपल्टै जबर्जस्ति प्रवेश गराएर सेट नै नवएको बाटो को अधिकाम्सा भाग चर्किएको हो