प्रधानमन्त्री देउवा द्वारा गोकर्णेश्वर -३ ब्रम्हडोलमा श्रीमदभागवतनवाह ज्ञान महायज्ञ उद्घाटन

प्रधानमन्त्री देउवा द्वारा गोकर्णेश्वर -३ ब्रम्हडोलमा श्रीमदभागवतनवाह ज्ञान महायज्ञ उद्घाटन

कपन अनलाइन

काठमाडौँ ,माघ २२ ।

“सके ९ दिन नै जाऔं, नसके १ दिन अवश्य जाऔं ,यो पबित्र सामाजिक कार्यमा सहभागी भइ पुण्य कमाऔं” भन्ने मूल नाराको साथ गोकर्णेश्वर नगरपालिका वडा नं ३ बालुवा ब्रम्हडोलमा रहेको शिव पाञ्चायन मन्दिर नजिकै रहेको  श्री ग्राम सुधार आधारभूत विद्यालयको सहयोगार्थ श्री बालयोगेश्वर महाराजद्वारा  २०७४ माघ २१ देखि २९ सम्म वाचन हुने संगीतमय श्रीमदभागवत नवाह ज्ञान महायज्ञको  एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउबा रहेका थिए भने बिशेष अतिथिको रुपमा सहकारी तथा गरिबी निवारण मन्त्रि  अम्बिका बस्नेत  ,काठमाडौं निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राइ ,प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा , गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे ,उपप्रमुख शान्ति नेपाल , वडा अध्यक्षहरु ,वडा सदस्यहरु , नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी बिमल ठकुरी , शान्ति तथा शहीद पार्कका अध्यक्ष सुदर्शन सिग्देल, ग्राम सुधार आधारभूत बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष इन्दिरा सापकोटा लगायत  बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम को सभाध्यक्षता  श्रीमदभागवत नवाह  ज्ञान यज्ञ मूल आयोजक समरोह समितिका संयोजक दामोदर पौडेलले गरेका थिए। कार्यक्रममा बटुकहरुले स्वस्ती बाचन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउबाले पौराणिक काल देखि नै नेपाल धार्मिक क्षेत्रमा ठुलो आस्था राख्ने देश भएको बताउदै  देशमा हिन्दुहरुको वाहुल्यता भएको हुनाले अझ बढी हिन्दु देबी देवताको पुजाआजा हुने गरेको बताएका थिए। उनले त्यस्तै पुजा आजाको क्रममा पुराण महायज्ञ ,नवाह ,सप्ताह लगाउने चलन रहेको बताए । उनले आयोजकलाइ धन्यबाद दिदै  श्रीमदभागवत नवाह ज्ञान महायज्ञको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रम मा बोल्दै सहकारी तथा गरिबी निवारण मन्त्रि  अम्बिका बस्नेतले पहिले देखि चल्दै आएको रिति रिवाज परम्परालाइ जगेर्ना गर्दै अघि बढ्नु पर्ने बताएकी थिइन। उनले  यस पबित्र कार्यमा सकेको सहयोग गर्नु  पर्ने बताएकी थिइन्।

कार्यक्रममा बोल्दै  प्रतिनिधि सभा सदस्य कृष्ण राइले सबै जनाले बिद्यालय र मन्दिरको लागि लागि एक जुट भएर सहयोग गर्नुपर्ने बताएका थिए। उनले भासण भन्दा पनि कार्यक्रम सफल बनाउनको लागि सबैले आ आफ्नो ठाउ बाट सकेको सहयोग गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सप्ताह महाज्ञानलाइ आधार बनाएर ब्रम्हडोलबासी लगायत गोकर्णेश्वर नगरबासी सम्पुर्ण साथीहरुको एक मत बाट बिद्यालयको स्तररुन्नती शिव पाञ्चायन मन्दिरको स्तररुन्नतीको लागि पबित्र उदेश्यका साथ् आयोजना गरिएको कार्यक्रम को सफलताको कामना गर्दै पबित्र उदेश्य सहित आयोजना गरिएको कार्यक्रममा सबैको सहयोग हुने बिश्वास ब्यक्त गरेका थिए ।

उनले मानिसमा जीवनमा बाकी रहने काम भनेको जिउदो हुँदा केहि काम गर्ने सकियो केहि देखाउन सकियो भने पबित्र उदेश्यका काममा दुइ पैसा खर्च गर्न सकियो भने दान गर्न पुण्य गर्न सकियो भने त्यो सदाको लागि  सम्पत्ति हुने बताएका थिए ।उनले गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट आफुले सकेको सहयोग गर्ने प्रतिबद्दता गरेका थिए ।

कार्यक्रम संचालन डोल्मा तामाङले गरेकी थिइन् ।

 

तपाइँको प्रतिक्रिया ।