आनिगुम्बा -साततले ढल निर्माण प्रक्रिया राजनीतिक कारणले रोकियो : शम्भु भट्टराई

आनिगुम्बा -साततले ढल निर्माण प्रक्रिया राजनीतिक कारणले रोकियो : शम्भु भट्टराई

कपन अनलाइन

काठमाडौ,माघ २० ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले आनिगुम्बा -सात तले ढल निर्माण प्रक्रिया राजनीतिक कारणले रोकिएको बताएका छन ।

नेकपा एमाले बुढानिलकण्ठ १२ ले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै भट्टराईले सबै प्रक्रिया पुरा गरेर करिव १२ करोड ६० लाख रकम बिनियोजन समेत भएको योजना निर्वाचन अगाडी सुरु गर्न राजनीतिक कारणले अर्थ मन्त्रालयले रोकेको बताएका थिए।

उनले केहि दिन पहिले नेकपा एमालेका केन्द्रिय सदस्य डा. राजन भट्टराईको नेतृत्वमा डेलिगेसन गएको र आगामी सरकार बनेपछी सो योजनाको टेन्डर आव्हान हुने बताए । उनले यो योजनाको लागि नगरपालिका ले समेत निकै महत्व दिएको भन्दै अव डुवानको समस्या अन्त्य गर्ने अभियान सुरु हुने बताए ।

कार्यक्रममा बोल्दै उनले चुनावी दौरानमा जनता संग गरेका बाचा सबै सम्झिएको र तिनीहरुलाई पुरा गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।